डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते « Khabarhub

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार वर्षीया जेनिसा रहेका छन् ।

त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक, सालो १३ वर्षीय इन्द्र विक तथा छोरी दुई वर्षीया अस्मिता लुहार रहेका छन् ।

घाइते लोगे, पाना, घाङरी तथा इन्द्रको अवस्था गम्भीर रहेको र अस्मिताको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरूको डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मौवानगरदहका प्रमुख तथा प्रहरी निरीक्षक वीरबहादुर बुढाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

घरभित्र च्यापिएका शवको प्रहरी टोलीद्वारा निकाल्ने काम भइरहेको छ । घटनास्थल जिल्ला सदरमुकामबाट दुई/तीन घण्टाको दूरीमा रहेको छ । घर भत्किएका कारण कम्तीमा पनि १० लाख बराबरको धनमालको क्षति भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । – रासस ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : २८ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार