पाटन कृष्ण मन्दिरमा आज बाहिरैबाट पूजा (फोटोफिचर) « Khabarhub

पाटन कृष्ण मन्दिरमा आज बाहिरैबाट पूजा (फोटोफिचर)


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन खुल्ने पाटनको कृष्णमन्दिर यो वर्ष खुलेको छैन ।

मन्दिर खोल्दा भक्तजनहरूको ठूलो उपस्थिति हुने भएपछि सङ्क्रमण सर्ने खतरा भएको कारणले मन्दिर नखोलिएको मङ्गल टोल सुधार समिति पाटनले जनाएको छ । ललितपुर महानगरपालिकाले पनि सङ्क्रमणको अत्यधिक जोखिम रहेकाल कृष्ण मन्दिर नखोल्ने बताएको थियो ।

ललितपुर महानगरपालिका र मङ्गल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी सोमबार नै गराएको थियो ।

सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको कृष्ण मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक रुपमा क्षति भएको थियो ।

मन्दिरमा क्षति पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहिरैबाट परिक्रमा गर्ने मात्र व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ४२ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक