कोरोना संक्रमित बढेपछि करातेको अभ्यास रोकियो « Khabarhub

कोरोना संक्रमित बढेपछि करातेको अभ्यास रोकियो


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टोकियो ओलम्पिक २०२१को तयारीमा रहेको राष्ट्रिय कराते टीमको अभ्यास तत्काललाई स्थगित भएको छ ।

मंगलबार करातेका प्रशिक्षक दिपक विष्टले विज्ञप्ति जारी गर्दै तत्काललाई खेलाडीको प्रशिक्षण स्थगित भएको जानकारी दिएका हुन् ।

‘संसारभर फैलिरहेको कोभिड १९ पछिल्लो समय काठमाडौँमा झन् भयाभह हुँदै संक्रमितको संख्या बृद्दि हुदै आइरहेको सबैलाई सर्वविधितै छ । केहि दिन अगाडिमात्र खेल क्षेत्रका व्यक्तिलाई पनि संक्रमण भएको खबर आएको हुँदा केहि समय हामी खेल क्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशन पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण आजैदेखि लागू हुने गरी केहि दिनलाई बन्द भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै चैत ११गतेदेखि लकडाउन गरेको थियो । तर, लकडाउन खुकुलो भएसँगै असाढ ७ गतेबाट करातेको प्रशिक्षण सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग मौखिक सहमति लिएर करातेको अभ्यास सुरु गरेको प्रशिक्षक श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

टोकियो ओलम्पिकका लागि अनु अधिकारी र नविन रसाईली छनोट खेल्ने छन् । उनीहरुको नाम वाल्ड कार्ड इन्ट्रीका लागि समेत सिफारिस गरिएको छ । खेलाडीद्वय १३ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता खेलाडी हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १ : ३१ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल