सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना « Khabarhub

सिंहदरबारको पूर्वीढोकामा स्यानिटाइजर बुथ स्थापना


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा कोभिड–१९ महामारीको जोखिम बढेसँगै स्वास्थ्य सावधानी र सचेतना फैलाउन युवा समूह सक्रिय भएका छन् ।

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको पूर्वी ढोका अनामनगरमा स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

फिल्म वितरक तथा जागौँ युवा अभियानका अध्यक्ष करण श्रेष्ठको पहलमा पूर्वी ढोका परिसरमा स्यानिटाइजर बुथ रखिएको हो । उक्त बुथको आज एक कार्यक्रमबीच हास्य कलाकार दीपकराज गिरी, अनामनगर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत, गुण सिनेमा प्रालिका सञ्चालक महेशप्रसाद किजु र अभियानका अध्यक्ष करन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

सिंहदरबार परिसरमा आवतजावत गर्ने सर्वसाधरणले उक्त बुथबाट हात स्यानिटाइज गर्न सक्नेछन् । जागौँ युवा अभियानद्वारा अनामनगरमा वृक्षरोपनसँगै कोरोना भाइरसको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना फैल्याउने काम भइरहेको छ ।

अभियानका अध्यक्ष श्रेष्ठले आफू रहने स्थल र टोलहरुमा सबैले यस्तै स्यानिटाइजर बुथको स्थापना गर्न सकिए कोरोनाको जोखिमलाई केही कम गर्न सकिने बताए । यस्ता अभियानमा युवापुस्तालाई प्रेरित गर्न लागिपरेको पनि उनले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : ४६ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका