बाँकेमा आज थपिए २६ संक्रमित « Khabarhub

बाँकेमा आज थपिए २६ संक्रमित


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा मंगलवार थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २६ जनामा संक्रमण देखिएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५८ पुगेको छ । तीमध्ये चार सय पाँचजना उपचारपछि घर फर्किसकेका छन् । बाँकेमा कोरानाबाट दुई महिलासहित तीन जनाको मृत्यु भएको छ । बिहान ११ बजेसम्मको परीक्षणमा बाँकेका २६ सहित ५६ जनामा भाइरस पुष्टि भएको छ ।

अरु जिल्ला बाहिरका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ३ : ३२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका