दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण « Khabarhub

दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा २९ नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पीसीआर परीक्षणमा तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीमा कार्यरत २९ जवानमा कोरोना देखिएको हो ।

यसअघि संक्रमण देखिएका एक जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङका क्रममा ३१ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताए ।

प्युठानमा कार्यरत एक जवान तालिमका लागि नेपालगन्ज जाँदै गर्दा तुलसीपुरस्थित बाहिनीमा बसेका थिए ।

उनलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी शान्तिनगर र बबई गाउँपालिकामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बबई गाउँपालिका ४ का २६ र ३३ वर्षीय पुरुष र वडा नम्बर ७ का ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ३६ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक