बेलायत पठाइदिने भन्दै युएई पुर्‍याएर अलपत्र, न्याय माग्दा कुटिए युवा « Khabarhub

बेलायत पठाइदिने भन्दै युएई पुर्‍याएर अलपत्र, न्याय माग्दा कुटिए युवा



दोहा : बैदेशिक रोजगारीमा जाने अधिकाम्स नेपाली श्रमिक दलालबाट ठगिने गरेको गुनासो आइरहेको बेला बेलायत पठाइदिने भन्दै युएई लगेर अलपत्र परेका दुई २ नेपालीलाई दलालले कुटपिट गरेका छन् ।

राम्रो कमाई हुने प्रलोभन देखाएर दलाललाई ठूलो रकम बुझाएर नेपालबाट मनोहर केसी र टीकाराम बोहोरा बेलायत हिडे तर उनीहरुलाई बेलायत नभई यूएईमा पुर्‍याएर अलपत्र परियो ।

आफूहरु अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको पीडित बोहोराले बताए । एक महिना तालिम लिएपछि बेलायत पठाईदिने भन्दै आफूहरुलाई यूएई ल्याइएको उनले बताए ।

बेलायत नपठाएसम्म युएईमै काम लगाईदिने भन्दै दलाल श्याम थापाले उनीहरुलाई आश्वासन दिएका थिए । उनले भनेअनुसारको काम नभएपछि गुनासो गर्दा उल्टै कुटपिट भएको बताए । बोहोराले भने, ‘हामीलाई भनिए अनुसारको केहि पनि भएन । हामीले न्याय माग्दा हामीलाई ठग्नेले उल्टै कुटे । हामी अब न्यायको खोजीमा छौँ ।’

कुटपिटपछि दलाल थापा फरार रहेको भन्दै पीडितहरुले युएईस्थित नेपाली दूतावास तथा एनआरएन युएईमा उद्दारको लागि निवेदन दिएको बोहोराले बताए ।

उनीहरु जस्तै थापाले अन्य ६३ जना नेपालीसँग पनि बेलायत पठाईदिने भन्दै भनेर प्रति व्यक्ति ९ देखि १० लाखसम्म लिएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ०८ बजे

यी कुराले भन्छन् बालेनले स्वर्णिमलाई आफ्नो टिममा राख्न चाहेका थिएनन्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हटाउन

भारी वर्षाले काठमाडौं जलमग्न (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग क्षेत्र

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना

माधव नेपाल बिरामी, प्रचण्ड र गगनको भेटवार्ता पनि रोकियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपाल बिरामी भएका छन्

विश्वकप फाइनल : दुई महादेशीय च्याम्पियनको भिडन्त

काठमाडौं – युरोप महादेशको वर्तमान च्याम्पियन र दक्षिण अमेरिकी महादेशको