सन्दीपले लिए विकेट, मोईन अली आउट « Khabarhub

सन्दीपले लिए विकेट, मोईन अली आउट


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बैंगलोरविरुद्ध एक विकेट लिएका छन् । उनले आफ्नो तेस्रो तथा खेलको १५ औं आभेरको तेस्रो बलमा बैंगलोरका मोईन अलीलाई आउट गरेका हुन् ।

सन्दीपले दिल्ली क्यापिटल्सका लागि चौथो तथा महत्वपूर्ण विकेट लिएका हुन् । अलि ३२ रनमा खेलिरहेका थिए । अलिले सन्दीपको तेस्रो ओभरको पहिलो बलमा छक्का प्रहार गरेका थिए भने दोस्रो बल डट खेल्दै तेस्रो बलमा अलिलाई आउट गरे ।
तीन ओभर बलिङ गरेका उनले १ विकेट लिएर २७ रन खर्चेका छन् ।

दोस्रो ओभरमा उनले ६ रन खर्चेका थिए भने पहिलो ओभरमा १० रन दिएका थिए । सन्दीपले बैंगलोरका कप्तान विराट कोहली विरुद्ध बलिङ गरेका थिए । जसमा कोहलीले सिङ्गल रन मात्रै बनाउन सकेका थिए ।

सन्दीपले बैंग्लोरविरुद्धको खेलमा दिल्ली क्यापिटल्सलाई पहिलो सफलता दिलाउने क्रममा पार्थिव पटेलको क्याच लिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ५ : ३५ बजे

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

जेनेभा- अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित

भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

भक्तपुर– भक्तपुर अस्पतालको १२३औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर अस्पतालले आज जिल्लामा रहेका

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल

गलकोट (बागलुङ)- बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा

प्रतिपक्षीलाई रवि-बालेनको सन्देश : नजिस्क्याऊ, सरकारको गाडी पाँच वर्ष तलमाथि हुँदैन

काठमाडौं – चितवन पुगेका प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मी- गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको सङ्ख्या वृद्धि भएकाले मानव–वन्यजन्तुबीचको