नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी « Khabarhub

नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बुधवार) युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक गरिएको छ ।

मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । फिल्मलाई महेश भट्टले निर्देशन गरेका हुन् ।

‘सडक २’ भारतमा बहसको विषय बनेको नेपोटिज्मको मारमा परेको छ । होम प्रोडक्सनको फिल्ममा आलिया भट्टको शीर्ष भूमिका छ । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियालाई गाली गरेका छन् ।

फिल्ममा आलियाका अलावा सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मको ट्रेलर युट्युबमा रिलिज हुनासाथ लाइकभन्दा डिसलाइक बढी गरिएको थियो । ट्रेलर रिलिज भएको केही घण्टामै ट्रेलरलाई केही घण्टामै २ लाखभन्दा बढी डिसलाइक गरिएको छ ।

यो फिल्म २८ अगस्तमा डिज्ने प्लस हटस्टारमार्फत रिलिज हुँदैछ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : २२ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा