कोरोना परीक्षणको दायरा बढाउन सांसद यादवको माग « Khabarhub

कोरोना परीक्षणको दायरा बढाउन सांसद यादवको माग


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- प्रदेश-२ की प्रदेशसभा सांसद मञ्जु कुमारी यादवले पीसीआर परीक्षणको दायरा बढाउन प्रदेश सरकारसँग माग गरेकी छिन् ।

विश्वव्यापी रुपमा फैलिएको करोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विकास निर्माण भन्दा पनि पहिला पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने आवश्यकता रहेको उनले जनाएकी हुन् ।

प्रदेश २ मा समुदायमा फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उच्च सुरक्षा सतर्कता अपनाउन समेत उनले स्थानीयलाई आग्रह गरेकी छिन ।

उनले प्रत्येक परिवारका एक सदस्यको पीसीआर चेकजाँचको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारसँग माग गरेकी हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि आइसोलेशन तथा भेन्टिलेटरको व्यवस्था गर्न समेत माग गरेकी छिन् ।

सांसद यादबले कोरोना रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको मनोबल बढाउन पीपीई सेट सहितका सुरक्षा सामाग्री र जोखिम भत्ताको व्यवस्था समेत गर्न माग गरेकी छिन ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : १५ बजे

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब