भर्चुअल माध्यमबाट हुन नसक्ने र बढी जनसम्पर्कका सबै काम बन्द गर्न सरकारको निर्देशन | Khabarhub Khabarhub

भर्चुअल माध्यमबाट हुन नसक्ने र बढी जनसम्पर्कका सबै काम बन्द गर्न सरकारको निर्देशन


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारी बढेपछि सरकारले भर्चुअल माध्यमबाट हुने कामलाई सूचारू राख्दै बाँकी कामलाई लगभग बन्द गर्न आह्वान गरेको छ ।

महामारीलाई ध्यानमा राख्दै सरकारले सम्भावित जोखिमबाट जोगिन सम्भव भएसम्म सबै क्षेत्रको काम भर्चुअल माध्यमबाट गर्न आह्वान गरेको हो ।

सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त संघसंस्थालगायत जनसम्पर्क हुने कार्यालयको कामलाई पनि विद्युतीय बनाउन सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउन (मंगलबार)को मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सरोकारित निकायलाई बुधबार गरेको परिपत्रमा भरसक घरबाटै काम गर्ने र उपस्थित हुनै पर्ने ठाउँमा ५० प्रतिशत कर्मचारीबाट काम चलाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

यस्तै, अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्न सरकारले निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान