चिकित्सकसहित १६ कोरोना संक्रमित थपिए, भरतपुर अस्पताल सिल « Khabarhub

चिकित्सकसहित १६ कोरोना संक्रमित थपिए, भरतपुर अस्पताल सिल


२९ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका १२ सहित थप १६ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

विहीबार साँझ भरतपुर अस्पतालले दिएको जानकारी अनुसार थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित भएकाहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ४, ७, १० का क्रमशः २३, ३०, २९, २० ३२, ३५, २३, २८ पुरुष र २५ बर्षिया एक महिला गरी ९ जनामा कोरोना पुष्टि भएको हो  ।

त्यस्तै राप्ती नगरपालिकाका वडा नम्बर ९ मा ३७ वर्षीया एक महिला रत्ननगर नगरपालिका वडा नम्बर १३ कि ६३ वर्षीय महिला र खैरहनी नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।

यसैगरी बिहीबार भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष, मकवानपुरकी २२ वर्षीय महिला र तनहुँकी २२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैबीच अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएको हुँदा अस्पताल सिल गरिएको छ ।

अस्पतालले सूचना जारी गर्दै विहीबार साँझ ८ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल सिल गरिएको जानकारी दिएको छ ।

यस्तो छ सूचना-

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार  १० : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्