कर्णाली जान पीसीआर रिपोर्ट अनिवार्य « Khabarhub

कर्णाली जान पीसीआर रिपोर्ट अनिवार्य


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारले आवतजावतमा कडाइ गर्दै कर्णाली प्रदेश भित्रनेलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ ।

यो नियम भदौ १ गतेदेखि कार्यान्वयनमा आउने छ । प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले प्रदेश भित्रिन अनिवार्य पीसीआर रिर्पोट नेगेटेभ आवश्यक पर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबई, सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट र सुर्खेतको पश्चिममा रहेको कुइने नाकामा कडाइ गरिनुका साथै पीसीआर रिर्पोट तीन दिन अगाडिको हुनुपर्ने निर्णय गरिएको छ ।

यस्तै व्यवस्थापन केन्द्रले अति आवश्यक कामका लागि बाहिर जाने सरकारी कर्मचारी, जनप्रतिनिधिलाई पनि आउँदा र जाँदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरेको छ । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५२ रहेको छ । तीमध्ये एक हजार नौ सय एक जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय समुदायस्तरमा र अन्य प्रदेशबाट आएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले कडाइ गर्न थालेको हो ।

यसैबीच वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि यस्तो निर्णय गरिएको हो ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

अहिलेसम्म वीरेन्द्रनगरमा एक सय ९२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो दुई दिनमा वीरेन्द्रनगरमा ३६ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । जोखिम बढ्न थालेपछि साउन २५ गतेदेखि सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ५७ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक