स्ट्रिप नक्सा नहुँदा नेपाल-भारत सीमा समस्या « Khabarhub

स्ट्रिप नक्सा नहुँदा नेपाल-भारत सीमा समस्या


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दशकअघि भारत र नेपाल दुई देशका परराष्ट्र सचिवबीच बैठक भयो। बैठकले नेपाल- भारत संयुक्त प्राविधिक समिति (जेटीसी) गठन गर्ने निर्णय गर्‍यो।

दुवै देशको मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन गर्‍यो। सन् १९८१ मा जेटीसीको गठन भयो। जेटीसीले दुई दशक लगाएर १ सय ८२ स्थानको स्ट्रिप नक्सा तयार पार्‍यो।

त्यसपछि सन् २००७मा दुवै देशको प्राविधिक तहमा ९८ प्रतिशत समस्या समाधान भएको भन्दै स्ट्रिप नक्सामा हस्ताक्षर भयो। कालापानी र सुस्ता क्षेत्रको विषयमा राजनीतिक तहबाट टुंग्याउने भनेर जेटीसीले दुवै देशको सरकारलाई सिफारिस गर्‍यो। त्यो प्राविधिक कमिटीले सुस्ता र कालापानीको सीमांकन गर्न सकेन।

सुस्ताका विषयमा नेपाल-भारतबीच पटकपटक समाधानको प्रयास भए पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा भने नेपाली राजनीतिक नेतृत्वले उपेक्षा नै गर्दै आएको नापीका प्राविधिकहरूले बताउँदै आएका छन्।

पछिल्लो समयमा सुस्ता र कालापानी मात्रै होइन ९८ प्रतिशत समाधान भएको भनिएको स्ट्रिप नक्साकै कारण समस्या आएको छ। त्यसैले स्ट्रिप नक्सा नै खारेज गरेर नयाँ ढंगबाट सीमा निर्धारण गरिनुपर्ने आवाज उठ्न थालेको छ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा स्ट्रिप नक्सामै नेपाली भूभाग भारतमा परेको भन्दै विरोध भएको छ।

नापी विभागकै एक पूर्वप्राविधिक स्ट्रिप नक्सामा करिब २८/२९ ठाउँमा गल्ती रहेको बताउँछन्। स्ट्रिप नक्सा बनाउँदा नेपालका कतिपय गाउँ नै भारतमा परेका छन् भने कतिपय भारतीय गाउँसमेत नेपालमा परेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : १२ बजे

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने

काठमाडौं– पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी

औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन

 काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं- सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक