रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने « Khabarhub

रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला- रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् ।

राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको लगाउँदा कोरोनाको संक्रमण निको भएको बताउँदै पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेका छन् ।

उनले विश्वमा पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको समेत बताए ।

रुसले दर्ता गरेको नयाँ खोप ‘स्पुतनिक पाँचौ’ को प्रयोग गर्न फिलिपिन्स र भेनेजुएला तयार भएका हुन् । परीक्षण सफल भएपछि भेनेजुएलामा उक्त खोपको प्रवर्द्धन र प्रयोग गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी अधिकारीहरुका अनुसार भेनेजुएलाले उक्त खोप दर्ता हुनुअघि नै क्लिनिकल ट्रायलमा नै सहभागी हुन प्रस्ताव गरेको थियो ।

यस्तै फिलिपिन्सले पनि यही वर्षको अन्त्यअघि नै क्लनिकल परीक्षण गरिने बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त खोपलाई विभिन्न चरण हुँदै आम जनतामाझ पुर्‍याउने बताएका छन् । रसियाले अर्को महिनादेखि प्रतिमहिना लाखौं भ्याक्सिन उत्पादन गर्ने जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ८ : २३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका