कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु « Khabarhub

कालिकोटको महाबैमा पहिरोले वडा सदस्यको घर पुर्दा ६ जनाको मृत्यु


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट- कालिकोटको महाबै गाउँपालिका–३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ ।

गए रातिको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा परिवारका ६ जनाको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र दाजु डिलबहादुर विष्टका दुई छोरी गरी ६ जनाको ज्यान गएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।

स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्धारमा लागिरहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : १४ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी