पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो | Khabarhub Khabarhub

पहिरोमा बेपत्ता भएका व्यक्तिको शव भेटियो


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ ।

पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव अहिले बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

पहिरोसँगै खसेको ढुङ्गाले थिचिएर मोक्तानको मृत्यु भएको र उनी घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक तामाङले बताए । पहिरो खसेलगत्तै सम्पर्कविहीन भएका मोक्तानको खोजीकार्य बिहीबार बेलुका नै शुरु गरेको भए पनि माथिबाट पहिरो झरिरहेकाले सम्भव भएको थिएन ।

आज बिहानै घटनास्थल पुगेर प्रहरीले बेपत्ता व्यक्तिको खोजी शुरु गरेको थियो ।

मृतक ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । पहिरो खस्नु अघिसम्म उनी रेखदेखकै काममा खटिरहेको र पहिरो झर्न लागेको भन्दै अरुलाई सजग गराइरहेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : ५४ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन