घर फर्कन नपाएका प्रवासी नेपाली भन्छन् : महँगोमा टिकट काट्छु भन्दा पनि टिकट पाइदैन « Khabarhub

घर फर्कन नपाएका प्रवासी नेपाली भन्छन् : महँगोमा टिकट काट्छु भन्दा पनि टिकट पाइदैन



दोहा : सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय हवाई उडान सूचारु गर्ने निर्णय गरेसँगै खुशी भएका प्रवासी नेपालीहरु सरकार त्यो निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेपछि मात्र अन्तराष्ट्रिय हवाई सूचारु गर्ने जनाएपछि प्राय:जसो खाडी राष्ट्रमा काम गर्ने तथा विगत लामो समयदेखि काम बिहिन भएर बसेका नेपालीहरु सरकार प्रति आक्रोसित भएका छन् ।

विगत केहि वर्षदेखि यूएईमा कार्यरत काभ्रेका जयराम नेपाल भन्छन्, ‘ कोरोनाका कारण कम्पनीले कामदार कटौती गरेपछि पाँच महिनादेखि स्वदेश फर्कने तयारीमा बसेको तर, सरकारले हवाई उडानको मिति सारेपछि घर फर्कने आशै मर्न थालेको छ ।’

उनले आक्रोस पोख्दै भने, ‘सरकार र सरकारी निकायकै मात्र राज्य रहेछ । देशमा रोजगार नभएर लाख खर्च गरेर हजार कमाउन खाडी पसेका नेपालीको समस्या कहाँ देख्यो सरकारले ? आफ्ना बालबच्चा सन्तानसँगै भएपछि अरुको के मतलब सरकारलाई ?’

उनले भने, ‘कोरोनाबाट जोगिएर के फाइदा जब कोरोनाकै कारण अर्काको देशमा भोकभोकै सडकमा पुग्नुपर्ने अवस्था आउँछ भने । भोलिदेखि नै एयरर्पोट खुलाउनु आन्दोलन हुन्छ भने म मेरो सबै परिवारलाई सडकमा आन्दोलन गर्न जाउ भनिदिन्छु ।’

सरकारले दैनिक ५०० जनाको कोटा तोकेर नेपालीलाई उद्दार गर्ने भनेपछि यूएईमै काम बिहिन भएर स्वदेश फर्किने पर्खाइमा रहेका अछामका हाङ् राई भन्छन्, ‘कोटा तोकेर उद्धार गर्नुभन्दा विमानस्थल नै बन्द गरिदिए हुन्छ । ६ महिनादेखि खाइ न पाई अर्काको देशमा दु:ख पाएर बसेको छु । मानसिक तनावले आफैंलाई सम्हाल्न गाह्रो भएको छ । देशले केहि सहयोग गर्ला कि भन्ने आशा छ । सरकार भने कानमा तेल हालेर बस्छ ।’

यस्तै अर्का युवा अर्जुन बोहोरा भन्छन् , ‘यूएईबाट मात्र स्वदेश फर्कने नेपालीको संख्या ४२ हजार भन्दा बढी छ अहिलेसम्म बल्ल बल्ल करिव १४ हजार जना मात्र फर्किएका छन् ।’

यहाँ यूएई सरकारले धमधम जरिवाना लगाइरहेको छ । महङ्गो टिकट काटेर फर्किन्छु भन्द पनि टिकट पाइदैन । अन्य देशका सम्पूर्ण साथहरु आफ्नो मुलुक फर्किसके रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको हाम्रो सरकार वास्तै गर्दैन अब आन्दोलन गर्न बाहेक अर्को बिकल्प छैन ।

उनीहरुले सरकारले चार्टर्ड उडानको नाममा ४ गुणा महँगो टिकट बेचेर नियमित उडान खुलाउन नचाहेको आरोप लागाएका छन् । चार्टर्ड उडानमार्फत अधिकाम्स पैसा हुने तथा कम्पनीले टिकट दिएकाहरु फर्किए पनि वास्तविक पीडित अझै खाडीमै स्वदेश फर्किने दिन गरेर प्रतिक्षा गरिरहेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १० : ११ बजे

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी