पर्सा-बारामा थपिए ५० संक्रमित « Khabarhub

पर्सा-बारामा थपिए ५० संक्रमित


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्सा बारामा ५० कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परीक्षणमा ५० संक्रमित थपिएका हुन् । बाराका एक चिकित्सकको सम्पर्कमा रहेकाहरू र वीरगन्जको नारायणी अस्पतालका चिकित्सकदेखि स्विपरसम्मका कर्मचारीको संख्या बढी छ ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार कुल थपिएका ५० संक्रमितमध्ये २१ जना बाराका हुन् । जितपुर सिमरा उपमहानगरपालिकाको एक चिकित्सकको कन्ट्याक्ट टे«सिङमा परेका २० जनामा कोरोना पोजेटिभ देखिएको छ । बाराको विश्वम्भरपुरका थप एक जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी महोत्तरीका १ जनामा संक्रमण देखिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका १ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । वीरगन्जको ग्लोबल आइएमई बैंकका १ कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित अन्य वीरगन्ज महानगरको सिर्सिया, घडिअर्वा, श्रीपुर, बहुअरी, राधेमाई, पानीटंकी, लोहारपट्टी, भिष्वा क्षेत्रका बासिन्दा हुन् ।

त्यसैगरी, नारायणी अस्पतालका १ चिकित्सक, १ फार्मेसी स्टाफ, १ पोषण गृह स्टाफ र ३ सुरक्षा गार्ड, मेडिकल वार्डका ३ स्विपर, १ स्टाफमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरी, अस्पतालकै १ फिजियो थेरापी स्टाफ र आकस्मिक कक्षका अर्का एक कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  १ : ५० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार