काठमाडौं उपत्यकामा आज थपिए ११९ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा आज थपिए ११९ कोरोना संक्रमित


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार काठमाडौं उपत्यकामा १२७ जना थपिएका थिए ।

नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ थियो ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८३७ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ३९ बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा