४ जिल्लामा ५०० भन्दा बढी सक्रमित, ४ जिल्ला संक्रमणमुक्त « Khabarhub

४ जिल्लामा ५०० भन्दा बढी सक्रमित, ४ जिल्ला संक्रमणमुक्त


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका ४ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पर्सा, महोत्तरी, रौतहट र
काठमाडौं गरी चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको जानकारी दिएका हुन् ।

यसैगरी नेपालका ७७ जिल्लामध्ये हाल ४ जिल्लामा कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म डोल्पा, संखुवासभा
, मनाङ र मुस्ताङ गरी चार जिल्लाका सबै संक्रमितहरु निको भएर घर फर्किसकेका छन् ।

नेपालमा शुक्रबार थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : ०१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले