कतारबाट थप ९ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा « Khabarhub

कतारबाट थप ९ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा



दोहा – दोहास्थित नेपाली राजदूतावासले कोरोनाका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट फाराम भरेका थप ९ हजार ३ सय ८५ जना नेपालीको सूची सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार नेपाल फर्कनका लागि ५ हजार ७ सय ५७ जनाले दूतावासमा निवेदन दिएका छन् भने कामदार कटौती गरेका र बन्द गरिएका विभिन्न कम्पनीहरूले ३ हजार ६ सय २८ जना नेपाली कामदारहरूको विवरण दूतावासलाई उपलब्ध गराएका छन् ।

यो नामावली नेपाल फर्कने प्राथमिकता सूची नभई दूतावासमा नाम दर्ता भएको जानकारी मात्र भएको दूतावासले जनाएको छ । दूतावासले प्राथमिकतामा पर्ने नेपालीलाई हवाई उडान तय भएसँगै लैजाने र जाने नेपाली सूची क्रमश: प्रकाशित गर्दै लगिने जनाएको छ ।

अहिलेसम्म कतारबाट ५ हजार २ सय २ जनासहित विभिन्न कारणले ज्यान गुमाएका ४६ जना नेपालीको शव नेपाल पठाइएको छ । कोरोनाको महामारी फैलिएपछि कतारबाट स्वदेश फर्किने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : १५ बजे

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ