कतारबाट थप ९ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा « Khabarhub

कतारबाट थप ९ हजार नेपाली स्वदेश फर्किने प्रतीक्षामा



दोहा – दोहास्थित नेपाली राजदूतावासले कोरोनाका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट फाराम भरेका थप ९ हजार ३ सय ८५ जना नेपालीको सूची सार्वजनिक गरेको छ ।

दूतावासका अनुसार नेपाल फर्कनका लागि ५ हजार ७ सय ५७ जनाले दूतावासमा निवेदन दिएका छन् भने कामदार कटौती गरेका र बन्द गरिएका विभिन्न कम्पनीहरूले ३ हजार ६ सय २८ जना नेपाली कामदारहरूको विवरण दूतावासलाई उपलब्ध गराएका छन् ।

यो नामावली नेपाल फर्कने प्राथमिकता सूची नभई दूतावासमा नाम दर्ता भएको जानकारी मात्र भएको दूतावासले जनाएको छ । दूतावासले प्राथमिकतामा पर्ने नेपालीलाई हवाई उडान तय भएसँगै लैजाने र जाने नेपाली सूची क्रमश: प्रकाशित गर्दै लगिने जनाएको छ ।

अहिलेसम्म कतारबाट ५ हजार २ सय २ जनासहित विभिन्न कारणले ज्यान गुमाएका ४६ जना नेपालीको शव नेपाल पठाइएको छ । कोरोनाको महामारी फैलिएपछि कतारबाट स्वदेश फर्किने नेपालीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ५ : १५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका