काठमाडौं- जिल्ला प्रशासन कार्यालय नवलपरासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकद्वारा जारी विज्ञप्तिमा शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिनका लागि निषेधाज्ञा लागू हुने जनाइएको छ ।
निषेधाज्ञाको समयमा मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न अनुरोध गरिएको छ ।
प्रतिक्रिया