बाढीपहिरो नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको अपिल « Khabarhub

बाढीपहिरो नियन्त्रणमा गम्भीर बन्न कांग्रेसको अपिल


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमणको बढ्दो आक्रमकता र देशका विभिन्न स्थानमा बढ्दो बाढीपहिरोको क्षतिप्रति गम्भीर तदारुकता साथ कार्य गर्न तीनै तहका सरकारलाई अपिल गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा शुक्रबार गएको पहिरोको घटनाका सम्बन्धमा प्रश्न उठाउँदै सो स्थानका जनताका समस्या समयमै राज्यका निकायले सुनुवाइ नगर्नु गम्भीर लापरवाही भएको आरोप लगाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जुगल गापाको–२ का लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संचगाउँ आदि बस्तीका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि सो बारेमा ठोस पहल नभएको आरोप लगाए ।

उनले पहिरोमा ज्यान गुमाएकाहरुले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहारेको तर राज्यको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनीहरुलाई जोगाउने दायित्व निर्वाह नगर्नु अक्षम्य गल्ती भएको बताए ।

‘प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो’, विज्ञप्तिमा उल्लेख छ ।

लिदी पहिरो प्रभावितलाई रेडक्रसको सहयोग

नेपाल रेडक्रसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरो प्रभावितलाई घटनाको दोस्रो दिन आज १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत घटनास्थलमा दाल, चामल, तेल, नुन, गरम मसला पठाइएको रेडक्रसले जनाएको छ ।

साथै अस्थायी शौचालयका लागि दुई स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजीकरणमा खानेपानीका लागि एक हजार ४०० मिटर पाइप पनि पठाइएको छ । पहिरोमा परी अहिलेसम्म १२ जनाको शव फेला परेको र २७ अझै बेपत्ता रहेका तथा ३७ घर पूर्ण क्षति भएको र करिब १७९ घर प्रभावित भएको रेडक्रसले जनाएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले शुक्रबार तत्कालै काम शुरु गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवारमध्ये तत्काल ३० परिवारका लागि पुग्ने गरी आवश्यक पर्ने गैरखाद्य सामग्री पूर्ण सेट पठाइएको उनले बताए । पहिरोबाट पूर्ण क्षति भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याम्पमा बसेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ३३ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको