हुम्लाको ताजाँकोटमा लगातारको वर्षाले ३०० घरधुरी विस्थापित « Khabarhub

हुम्लाको ताजाँकोटमा लगातारको वर्षाले ३०० घरधुरी विस्थापित


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् ।

लगातार परेको पानीले ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैशीका अनुसार अविरल वर्षाका कारण ३०० घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षति पुगेको छ ।

वडा नं ३ र ४ मा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालयसमेत भत्काएको अध्यक्ष जैशीले जानकारी दिए ।

एक महिनादेखिको वर्षाले चन्द्रप्रकाश मावि भदालदीपु, जनप्रकाश निमावि काडागाउँ, रामदेव निमावि रामागाउँमा रहेका तीन विद्यालय भवनमा क्षति गरेको अध्यक्ष जैशीले बताए ।

यस्तै उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ ।

अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । स्थानीयस्तर र जिल्ला तहबाट सबै प्रक्रिया पूरा भएको अध्यक्ष जैशीको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ४७ बजे

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज