१ लाखले पाएनन उपचार, १५ हजार चिकित्सक अभाव, स्वास्थ्यमा सरकारको लगानी ४ प्रतिशतमात्रै « Khabarhub

१ लाखले पाएनन उपचार, १५ हजार चिकित्सक अभाव, स्वास्थ्यमा सरकारको लगानी ४ प्रतिशतमात्रै


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट बञ्चित भएका छन् । त्यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने, स्वास्थ्य क्षेत्रमा सरकारको लगानी ४ प्रतिशतमात्र रहेको कान्तिपुर दैनिकमा खबर छ ।

सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आन्दोलन गर्दा आइतबार मुलुकभरका सरकारी स्वास्थ्य सेवा ठप्प भयो । आन्दोलनले देशभरका १ लाख बिरामी मर्कामा परे । तर, समस्या समाधानका लागि सरकारले कुनै पहल गरेको छैन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आन्दोलन छोडेर उपचारमा लाग्न चिकित्सकहरुलाई आग्रह गरेका छन् । उनले कुनै बाहानामा बिरामीलाई दुःख दिन नपाइने बताए ।

स्वास्थ्य क्षेत्रमा सरकारी लगानी र स्वास्थ्यकर्मीको कमीसँगै आर्थिक अनियमितता पनि उत्तिकै छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद भएको नयाँ अक्सिजन प्लान्ट २ दिनमै बिग्रिएको छ । यो प्लान्ट ३ करोड २४ लाख रुपैयाँमा खरिद गरिएको थियो ।

त्यस्तै जग्गा कब्जा भएकै हो शीर्षकको समाचारमा तारागाउँ रिजेन्सी छानबिनको निष्कर्ष आएको, सरकारलाई १५० रोपनी जग्गा फिर्ता ल्याउन संसदीय समितिले निर्देशन दिएको, अनियमितता छानबिनका लागि अख्तियारलाई पनि समितिले निर्देशन दिएको खबर छापेको छ ।

त्यस्तै पत्रिकाले परीक्षा शुल्कमै बाहिरियो सवा अर्ब, बारा–पर्साका पीडित भन्छन्, त्रासमै बित्छ रातलगायतका समाचार प्राथमिकताका साथ छापेको ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ७ : २६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा