सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – जिल्ला अदालत इलामबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक व्यक्तिलाई झापाबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामले मेची नगरपालिका झापाका ५४ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई सवारी ज्यान मुद्दाका फरार प्रतिवादी मगरलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिए ।

उनका अनुसार जिल्ला अदालत इलामबाट विसं २०७० फागुन ८ गते एक वर्ष एक महिना १५ दिन कैद तोकिएको थियो । पक्राउ परेका मगरलाई जिल्ला अदालतमार्फत कारागार पठाइने बताइएको छ ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट कैद भुक्तानी तोकिए पनि फरार रहेकाहरुलाई नियन्त्रणमा लिइरहेको छ । यसअघि २१ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ४१ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको