अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइ रोबर्टको निधन


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन डीसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ। सीएनएनका अनुसार ७१ वर्षीय रोबर्टको शनिबार न्यूयोर्क अस्पतालमा निधन भएको हो।

‘आज राति मेरो भाइको निधन भएको कुरा भारी हृदयका साथ बिताउन विवश छु आज राति’, राष्ट्रपति ट्रम्पले एक भनाइ जारी गर्दै भनेका छन्, ‘ऊ मेरो भाइ मात्र थिएन, सबभन्दा राम्रो साथी थियो। उसलाई असाध्यै मिस गर्नेछु, तर हामी फेरि भेट्नेछौँ।’

रोबर्ट केही महिनाअघिदेखि बिरामी परेका थिए। तर उनको रोगका बारे भने अहिलेसम्म केही नखुलाइएको छैन।

शुक्रबार ट्रम्पले भाइको अवस्थाबारे भने ह्वाइट हाउसको ब्रिफिङका क्रममा खुलाएका थिए। ‘मेरो अद्भूत भाइ छ’, उनले भनेका थिए, ‘जन्मेदेखि हाम्रो विशाल सम्बन्ध छ। तर अहिले ऊ अस्पतालमा छ।’

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : २३ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार