केन्द्रीय कारागारसहित ५ कारागारका ४८ जनामा कोरोना | Khabarhub Khabarhub

केन्द्रीय कारागारसहित ५ कारागारका ४८ जनामा कोरोना


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही कैदी/बन्दीलाई कोरोना संक्रमण देखिएपछि कारागारहरुमा कोरोना त्रास बढेको छ । हालसम्म पाँच वटा कारागारमा ४८ जनालाई संक्रमण देखिएको छ ।

केन्द्रीय कारागार सुन्धारासहित, क्षेत्रीय कारागार झुम्का, जिल्ला कारागार पर्सा, बाँके र सिरहामा रहेका कैदी/बन्दीमा संक्रमण देखिएको छ । सबैभन्दा धेरै पर्सामा ३२ जनलाई संक्रमण भएको छ । जहाँ करिब एक हजार दुई सय थुनुवा छन् । पर्सा कारागारमा जेलरलाई समेत संक्रमण भएकोमा शनिबार डिस्चार्ज भएका छन् । त्यस्तै बाँकेमा सात जना कैदी/बन्दीलाई संक्रमण भएको छ । सिरहामा चार जना संक्रमित भएका छन् ।

त्यस्तै शनिबार केन्द्रीय कारागारका एक कैदीमा पनि संक्रमण देखिएको छ । केन्द्रीय कारागारका एक कैदीमा कोरोना संक्रमण सिन्धुलीबाट हालै उपचारका लागि सुन्धारा ल्याइएका कैदीमा संक्रमण देखिएको हो ।

‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइइएको थियो, उपचारका लागि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने,‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।’

संक्रमित कैदी ७१ वर्षिय छन् । बिरामी भएपछि उपचारका लागि उनलाई सिन्धुली कारागारबाट काठमाडौं ल्याइएको थियो । ‘सबै कैदी/बन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाले भने,‘उनलाई हामीले आइसोलेसनमा राखेका थियौं, त्यसका अन्य कैदी, स्वास्थ्यकर्मी र कर्मचारीसँग उनको सम्पर्क भएको छैन ।’

सुनसरीको झुम्कास्थित कारागारमा पनि शनिबार चार जनामा संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारमा भेटघाट बन्द गरिएको छ । तर, कैदी/बन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोख्रेल बताउँछन् ।

‘पर्सामा अदालत र अस्पताल लगिएका कैदी/बन्दीमा संक्रमण देखिएको हो,’ उनले भने,‘यसरी बाहिर लगिएकाहरुलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौं ।’

नयाँ कैदी/बन्दीलाई जेलभित्रै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र अरुसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ ।

संक्रमणको जोखिम भएपछि कैदीहरुलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको ।

हाल देशभरीका जेलमा करिब २३ हजार कैदी/बन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरु छन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा ३१ सय कैदी/बन्दी छन् ।

देशभरीका कारागारमा क्षमता भन्दा करिब दोब्बर कैदी/बन्दी भएकाले पनि कोचिएर बस्नु परेकाले संक्रमण फैलने जोखिम बढेको हो । जेलमा संक्रमण बढेपछि कैदी/बन्दीका आफन्तले समेत चिन्ता बढेको छ । कारागारमा सामूहिक मेस र बसोबास हुने भएकाले एकै जनाबाट धेरैलाई संक्रमण फैलने जोखिम छ ।

कोरोना समस्या सुरु भएपछि महान्यायाधीवक्ता कार्यालयले एक वर्षसम्म मात्र कैद सजाय भएका कैदीहरुलाई धरौटी राखेर छुट्ने मौका दिने निर्णय गरेको थियो । जसअनुसार दुई सय १९ जना छुटेका छन् । त्यस्तै सुधार गृहमा रहेका दुई सय २८ जना नाबालकलाई पनि यो अवधिमा छाडिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १२ : ०१ बजे

काठमाडौं महानगरको ‘परम्परागत खाद्य मेला’

काठमाडौं – काठमाडौं महानगरपालिकाले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना कार्यक्रम अन्तरगत

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो

देउवाको नक्कली विज्ञप्ति प्रचण्ड र सुरेन्द्र केसीको फेसबुक ग्रुपतिर, कांग्रेसको कडा आपत्ति

काठमाडौं- शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याएपछि सत्ता साझेदार

आजका समाचार : रवि फेरि हिरासततिर, संसद्‌ नबोलाई धमाधम अध्यादेश र सरकारलाई कुलमानको कडा चुनौती

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

काठमाडौं– नक्कली प्रचण्ड बनेर चर्चा कमाएका हास्य कलाकार घनश्याम गौतम