धारिलो हतियार प्रयोग गरी हत्या « Khabarhub

धारिलो हतियार प्रयोग गरी हत्या


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका –८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ५ : ३३ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान