कोरोना संक्रमित बढेपछि बारामा सोमबारदेखि निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि बारामा सोमबारदेखि निषेधाज्ञा


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरको छ।

पर्सा र बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गरेको प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जनाएको हो ।

सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ।

अत्यावश्यक कामका बाहेक काम बाहेक घर तथा कम्पाउन्ड बाहिर निस्कन प्रशासनले रोक लगाएको छ।

पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको छ।

कलैया बजार क्षेत्र, पथलैया वीरगंज औधोगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ़, कोल्हवी, सिम्रोनगढ, वरियापुर, पचरौता, देवताल, करैयामाई लगायत अत्यधिक भिडभाड हुने क्षेत्रमा घरबाहिर हिंडडुल गर्न रोकिएको छ।

हाटबजार लाग्ने क्षेत्रहरु पनि प्रतिबन्ध लगाइएको छ। मेला, पर्व, जात्रा, महोत्सव, जुलुस, भेला लगायतका कार्यक्रम रोकिएको छ।

भारतसँग जोडिएका सिमा नाका भाद्र मसान्तसम्म आवातजावत पूर्ण रुपमा रोकिएको प्रशासनले जनाएको छ।

अत्यावश्यक सेवा विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्याँस, औषधी, एम्बुलेन्सलाई भने सञ्चालनमा रोक लगाइएको छैन।

 

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ०४ बजे

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय