अछाममा खोलाले बगाएर एकै परिवारका चारको मृत्यु « Khabarhub

अछाममा खोलाले बगाएर एकै परिवारका चारको मृत्यु


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–९ बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना, एक वर्षीया छोरी आकृति र सात वर्षीय छोरा हेमन्त छन् ।

अछाम र कालीकोटको सीमा क्षेत्रमा पर्ने नरहरिनाथ खोला तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षात्का कारण खोलामा बाढी आएको र तर्ने क्रममा उनीहरुको बगेर मृत्यु भएको हो । शव जिल्ला अस्पताल अछाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ३६ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै