चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ६७ कम्पनी कारबाहीमा « Khabarhub

चर्को घाममा श्रमिकलाई काममा लाउने कतारका ६७ कम्पनी कारबाहीमा



दोहा – चर्को घाममा समेत श्रमिकलाई काम लगाउने कतारका ६७ कम्पनी कारबाहीमा परेका छन् ।

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले गरेको निरीक्षणमा विभिन्न ६७ कम्पनीले श्रमिकलाई स्वास्थ्य सुरक्षाका उपायविना नै चर्को घाममा काम लगाएको पाइएपछि कारबाही गरेको हो ।

मन्त्रालयले जुलाई १६ देखि अगष्ट १३ तारिखसम्म निरीक्षण ६७ वटा कम्पनी कारवाहीमा परेका जनाएको छ । यसअघि पनि विभिन्न चरणमा मन्त्रालयको निरीक्षणमा धेरै कम्पनीहरु कारवाहीमा परिसकेको जनाइएको छ ।

सन् २००७ को कतार सरकारको मन्त्रिपरिषद बैठकको निर्णय १६ अनुसार जुन १५ देखी अगस्ट ३१ सम्म बिहान ११:३० बाट बेलुका ३ बजे सम्म अत्याधिक गर्मी हुने भएकाले श्रमिकहरूलाई बाहिर काममा लगाउन निषेध गरिएको छ ।

तर, सरकारको उक्त निर्णयलाई बेवास्ता गर्दै श्रमिकलाई चर्को घाममा पनि काम लगाएको पाइएपछि ती कम्पनीहरूलाई ३ दिनसम्म काम रोक्न निर्देशन दिइएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ७ : ३० बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी