अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल ! « Khabarhub

अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल !


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युट्युबर सोनिका रोकाया पुनः सामाजिक सञ्चालमा भाइरल बनेकी छिन् ।

बेलाबखतमा चर्चा र विवादमा आउने सोनिका यो पटक भने अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभमै अपशब्दहरु प्रयोग गरेकी छिन् ।

सामाजिक सञ्जालमा निकै आक्रामक र आक्रोशित रुपमा प्रस्तुत भएकी उनले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजे पनि आफूलाई बाध्य पारिएको बताएकी छिन ।

उनले भनेकी छिन्, ‘कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा-खोज्दै पनि आवेशमा ल्याउँछन् । बाध्य पारिन्छ ।’

उनले आफू पागल भएको भन्दै उनले ‘साइको’ बनेपछि मान्छे मारेको पनि थाह नहुने भन्दै होरियार हुन चेतावनी समेत दिएकी छिन् । उनले उक्त भिडियोमा राम गौतमको नाम लिँदै आक्रोश पोखेकी छिन् ।

उनले भनेकी छिन ‘राम गौतम ठाउँमा बस्, मानवता ठूलो हो, औकात देखाइदिन्छु।’

उनले लाइभमा भनेकी छिन् ‘म पागल हुँ, सबलाई ठोकिदिन्छु ।’

मानसिक रुपले विक्षिप्त देखिएकी उनले मानिस कसरी पागल हुने रहेछ भन्दै प्रश्न समेत गरेकी छिन् ।

तर उनले तीन मिनेट करिब अश्लिल गाली गर्दै आक्रोश पोखे पनि कारण भने खुलाएकी छैनन् ।

उनले नाम लिएको राम भन्ने व्यक्तिले के गरे भन्ने नखुलाए पनि सोनिकाले ९ वर्ष आफूले पीडा भोगेको र अब पनि आफ्नो ठाउँमा नबसे औकात देखाइदिने बताएकी छिन् । उनले दैनिक पीडा भोगेको उल्लेख गरेकी छिन् ।

उनले लाइभ देखाएको हर्कत फेसबुक तथा युट्युबमा समेत भाइरल भएको छ । केही समय अघि पूर्व युवराज पारश शाहसँगको हिमचीमका कारण उनी चर्चामा आएकी थिइन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : ४८ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको