अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल ! | Khabarhub Khabarhub

अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा भाइरल !


१ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युट्युबर सोनिका रोकाया पुनः सामाजिक सञ्चालमा भाइरल बनेकी छिन् ।

बेलाबखतमा चर्चा र विवादमा आउने सोनिका यो पटक भने अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभमै अपशब्दहरु प्रयोग गरेकी छिन् ।

सामाजिक सञ्जालमा निकै आक्रामक र आक्रोशित रुपमा प्रस्तुत भएकी उनले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजे पनि आफूलाई बाध्य पारिएको बताएकी छिन ।

उनले भनेकी छिन्, ‘कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा-खोज्दै पनि आवेशमा ल्याउँछन् । बाध्य पारिन्छ ।’

उनले आफू पागल भएको भन्दै उनले ‘साइको’ बनेपछि मान्छे मारेको पनि थाह नहुने भन्दै होरियार हुन चेतावनी समेत दिएकी छिन् । उनले उक्त भिडियोमा राम गौतमको नाम लिँदै आक्रोश पोखेकी छिन् ।

उनले भनेकी छिन ‘राम गौतम ठाउँमा बस्, मानवता ठूलो हो, औकात देखाइदिन्छु।’

उनले लाइभमा भनेकी छिन् ‘म पागल हुँ, सबलाई ठोकिदिन्छु ।’

मानसिक रुपले विक्षिप्त देखिएकी उनले मानिस कसरी पागल हुने रहेछ भन्दै प्रश्न समेत गरेकी छिन् ।

तर उनले तीन मिनेट करिब अश्लिल गाली गर्दै आक्रोश पोखे पनि कारण भने खुलाएकी छैनन् ।

उनले नाम लिएको राम भन्ने व्यक्तिले के गरे भन्ने नखुलाए पनि सोनिकाले ९ वर्ष आफूले पीडा भोगेको र अब पनि आफ्नो ठाउँमा नबसे औकात देखाइदिने बताएकी छिन् । उनले दैनिक पीडा भोगेको उल्लेख गरेकी छिन् ।

उनले लाइभ देखाएको हर्कत फेसबुक तथा युट्युबमा समेत भाइरल भएको छ । केही समय अघि पूर्व युवराज पारश शाहसँगको हिमचीमका कारण उनी चर्चामा आएकी थिइन् ।

 

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ४ : ४८ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय