उपत्यका भित्रने नाकामा यसरी हुँदैछ सुरक्षा जाँच (फोटोफिचर) « Khabarhub

उपत्यका भित्रने नाकामा यसरी हुँदैछ सुरक्षा जाँच (फोटोफिचर)


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन अन्त्य भएसँगै काठमाडौं भित्रने र बाहिरिनेको संख्या बढ्दा कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि नाकामा कडाइ गरिएको छ ।

काठमाडौं उपत्यका भित्रने नाकामा सुरक्षाकर्मी नै परिचालन गरी चेकजाँच गर्न थालेका छन् ।

तीनै जिल्लाबाट भित्रने मुख्य नाका तथा जिल्ला जिल्लाका सहायक नाकामा पनि चेकजाँच कडा पारिएको छ ।

कोरोनाको संक्रमण समुदायस्तरमै फैलिँदै गएपछि चेकजाँच कडा पारिएको हो । सोमबार भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको थियो ।

नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

सबै नाकामा कर्मचारी खटाएर नगर प्रवेश गर्नेहरूको विवरण सङ्कलन गरी आवश्यक निगरानी शुरु गरेको उनले बताए ।

नगरप्रमुख प्रजापतिले संसारका ठूला र शक्तिशाली देशहरू कोरोनाको महामारी नियन्त्रण गर्न असफल भइरहेको विषम परिस्थितिमा नेपालमा महामारी फैलिनु अघि नै समाजलाई जोगाउन सचेतना कार्यक्रम र व्यक्तिगत सुरक्षा अपनाइ यो रोगको सङ्क्रमणबाट जोगिन आवश्यक रहेको बताए ।

तस्वीरमा हेर्नुहोस् कसरी हुँदैछ सीमामा सुरक्षाा जाँच

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १ : १४ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा