कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु « Khabarhub

कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत थप एकजना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ती पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।

ती पुरुषको आज भदौं २ गते बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गण्डकी प्रदेशले बिहा १० बजेर ५० मिनेटमा एक विज्ञप्ती जारी गर्दै तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएको जनाएको थियो ।

योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : २४ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर