कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु « Khabarhub

कास्कीमा ८७ वर्षे कोरोना संक्रमितको मृत्यु


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत थप एकजना पुरुषको मृत्यु भएको पुष्टि गरेको हो ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

ती पुरुषको पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार ती पुरुष साउन ३२ गते श्वासप्रश्वास, तथा उच्च ज्वरोको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनको भदौं १ गते कोरोना पुष्टि भएकाले प्रतिष्ठानले कोभिड उपचार केन्द्रको आइसीयुमा राखेर उपचार शुरु गरेको थियो ।

ती पुरुषको आज भदौं २ गते बिहान १० बजेर ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गण्डकी प्रदेशले बिहा १० बजेर ५० मिनेटमा एक विज्ञप्ती जारी गर्दै तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएको जनाएको थियो ।

योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  १२ : २४ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल