बालिका करणी प्रयास गर्ने युवकलाई बालसुधार गृह पठाउन आदेश « Khabarhub

बालिका करणी प्रयास गर्ने युवकलाई बालसुधार गृह पठाउन आदेश


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन जिल्ला अदालतले जबरजस्ती करणी प्रयास गरेको अभियोगमा १६ वर्षका एक युवकलाई पुर्पक्षका लागी बालसुधार गृह पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि बालसुधार गृह हेटौंडा पठाउन आदेश दिएको हो ।

पीडक युवक १८ वर्षभन्दा कम उमेरको भएका कारण अदालतले उनलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन आदेश दिएको हो

अदालतले पुर्पक्षका लागि पठाउनुअघि कोरोना परीक्षण गरी कोरोना संक्रमण नभएको यकिन गरेर हेटौंडा पठाउन आदेश दिएको हो ।

चितवनको नयाँवस्तीकी एक ६ वर्षीय बालिकालाई जर्बजस्ती करणी प्रयास गर्दा बालिका चिच्याएपछि युवकले कसैलाई नभन्न भन्दै १० रुपैया समेत दिएको प्रहरी अनुसन्धानबाट देखिएको तर अदालतमा भने युवकले करणी गरेको स्वीकार नगरेको भएपनि अदालतले युवकलाई पुर्पक्षका लागि पठाएको हो ।

गत साउन १३ गते घटना भएको र बालिकाले साउन १५ गते मात्रै अभिभावकलाई जानकारी गराएपछि जाहेरी परेको आदेशमा उल्लेख छ ।

अदालतले कोरोना परीक्षण गर्दा कोरोना संक्रमित देखिए उनको सरकारी खर्चमै उपचार गर्न र कोरोना संक्रमणमुत्त भएपछि मात्रै बाल सुधार गृहमा पठाउन समेत आदेश दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ०३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल