उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती « Khabarhub

उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकाका थप तीन स्थानमा ट्राफिक बत्ती सञ्चालनमा आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर महानगरपालिकाको सक्रियतामा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाइ सहज र व्यवस्थित बनाउन तीन स्थानको ट्राफिक बत्ती सञ्चालन ल्याइएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुल्चोक, हरिहरभवन र अल्का अस्पताल अगाडिको बत्ती आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए । जसमा पुल्चोक र हरिहरभवनमा नयाँ जडान गर्नुका साथै अल्का अस्पताल अगाडिको पुरानो मर्मत गरिएको हो ।

पछिल्लो समय महाशाखाले उपत्यकाका स्थानीय तहको समन्वयमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको छ ।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्राथमिकता दिँदै महाशाखाले यसअघि लामो समयदेखि बिग्रिएका सिंहदरबार, पद्मोदयम मोड, पुतलीसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वरलगायत क्षेत्रमा बत्ती सञ्चालनमा ल्याइसकेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ५७ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा