भिजिट भिसा भएकाले अगष्ट भित्र कुवेत छोड्नु पर्ने « Khabarhub

भिजिट भिसा भएकाले अगष्ट भित्र कुवेत छोड्नु पर्ने



दोहा : कुवेतले लामो समयदेखि कोरोनाका कारण लगाएको बन्दाबन्दी मंगलबारबाट ५० प्रतिशत खुल्ल गरेको छ । चौथो चरणमा जनजीवनलाई सामान्य तर्फ फर्काउने निर्णय कुवेत सरकारको ५० प्रतिशत खुल्ला गरेको जनाएको छ ।

सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरी होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ। त्यस्तै खेलकूद र स्वास्थ्य क्लबहरू, व्यक्तिगत हेरचाह पसलहरू,ब्यूटिपार्लर, सैलूनहरू र बार्बरसप,टेलरिंग पसल र कार्यशालाहरू पनि मंगलबारबाट खुलेका छन।

तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुनेगरि खोलिएका ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने छ भने अनिबार्य रुपमा माक्स प्रयोग गर्नु पर्नेछ।

यस्तै, कुवेत सरकारले भिजिट भिसामा आएकाहरुले अगष्ट भित्र कुवेत छोडिसक्नु पर्ने जनाएको छ । यसैगरी ६० वर्ष उमेर पुगेका आप्रवासी कामदारको भिसा समेत नलाग्ने अरब टाइम्सले जनाएको ।

मार्च महिना यता भिसाको म्याद सकिएकाहरुले अगष्ट भित्र अनिवार्य म्याद थप गर्नु पर्नेछ अन्यथा जरिवाना भर्नुपर्ने समेत जनाएको छ । कुवेत सरकारको यस्तो निर्णयले विभिन्न तेस्रो मुलुक हुदै त्यहाँ पुगेका तथा भिजिट भिसामा रहेका नेपालीहरुको रोजगारी गुम्ने छ ।

कुवेतमा विभिन्न क्षेत्रमा करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेको पाईन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना