मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते « Khabarhub

मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिटनेस फस्ट क्लबले आयोजना गर्ने ‘मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप’ को पाँचौ संस्करण चैत अन्तिम साता हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी ३० गते हुने सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो । च्याम्पियनसिपमा ५ तौल समूहका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहका विजेताले पदकसहित १० हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार नगद प्राप्त गर्ने बताइएको छ भने प्रत्येक समूहको विजेताबीच समग्रमा प्रतिस्पर्धा गराइनेछ । त्यसको विजेता ओभरअल च्याम्पियन बन्नेछ ।

ओभरअलको च्याम्पियनले उपाधि र ब्यानेटसँगै नगद ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै, वेष्ट पोजरले उपाधिसहित ५ हजार प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको प्रतियोगितामा मेन्स फिजीकमा १६५ सेमी मुनि र १६५ सेमी माथिको स्पर्धामा प्रतिस्पर्धासमेत प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दुवै समूहका विजेताले १५—१५ हजार, उपविजेताले ५—५ हजार र तेस्रोले ३ —३ हजार पुरस्कार रकम प्राप्त गर्नेछन् । प्रतियोगिताबाट राष्ट्रिय शारीरीक सुगठन खेलका लागि खेलाडी उत्पादन हुने आयोजकको दाबी रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १ : १६ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा