अध्यक्षद्वयलाई पत्र लेख्दै मणि थापाले भने – मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस् « Khabarhub

अध्यक्षद्वयलाई पत्र लेख्दै मणि थापाले भने – मलाई बदनाम गराउन खोजियो, न्याय दिनुहोस्


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले आफूविरुद्ध षडयन्त्र भएको भन्दै छानबिन गर्न अध्यक्षद्वयसँग अपिल गरेका छन् ।

पार्टीको साहित्य, कला तथा संस्कृत विभाग प्रमुख तथा शिक्षक संगठन इन्चार्जसमेत रहेका थापाले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै पत्र नै लेखेका छन् ।

‘सत्यतथ्य छानबिन सम्बन्ध’ शीर्षकमा थापाले आफूलाई बदनाम गराउन गरिएको षडयन्त्रको छानविन गर्न माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘केहिदिन यता केहि पत्रिका, अनलाइन र सामाजिक सञ्जालमा म र मेरो परिवारको बारेमा योजनाबद्ध रुपमा बदनाम गर्ने प्रयास भइरहेको छ । मैले शक्तिको दुरुपयोग गरी श्रीमतीलाई जागिर खुवाएको, कोटेश्वरमा तीनतले घर बनाइरहेको भन्ने आरोप लगाइएको छ । यसले गर्दा मेरो राजनीतिक र सामाजिक जीवनमा नकारात्मक असर परिरहेको छ । म पाटीसँग विनम्र अनुरोध गर्न चाहन्छु यी सबै विषयमा सत्यतथ्य पत्ता लगाई म र मेरो परिवारमाथि न्याय गर्न हार्दिक अनुरोध गर्दछु ।’

न्याय माग्दै थापाले लेखेको पत्र 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै