औषधि पसलबाटै लागू औषध बिक्री, पोखरामा २ जना पक्राउ « Khabarhub

औषधि पसलबाटै लागू औषध बिक्री, पोखरामा २ जना पक्राउ


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– औषधि बिक्री गर्ने फार्मेसी पसलबाट नियन्त्रित औषधि (लागू औषध) बिक्री हुने गरेको खुलेको छ ।

प्रहरीले पोखरा महानगरपालिका–७ स्थित सुभेच्छा फोर्मेसीबाट नियन्त्रित औषधि नियन्त्रणमा लिएपछि औषधि पसलबाट समेत लागू औषध बिक्री हुने गरेको खुलेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले विशेष सूचनाको आधारमा छापा मार्दा सुभेच्छा फार्मेसीबाट नियन्त्रित औषधि बरामद गरेको हो ।

ब्यूरोका अनुसार सुभेच्छा फार्मेसीबाट ट्रमाडोल २५ सय क्याप्सुल र एप्काडोल १ हजार ट्याब्लेज बरामद गरिएको छ ।

प्रहरीले नियन्त्रित औषधि बिक्री गर्ने ४० वर्षीया सुशीला पराजुली र खरिद गर्ने पोखरा–६ का २० वर्षी राजकुमार परियारलाई समेत पक्राउ गरेको छ । प्रहरीले परियारको साथबाट ट्रमाडोल १० ट्याबलेट बरामद गरेको छ ।

उनीहरुमाथि थप कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौंमा बुझाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  २ : ०८ बजे

घरायसी बिजुलीको बिलमा भ्याट हटाउने बेलायत सरकारको घोषणा, वार्षिक करिब ४५ पाउन्ड बचत हुने

लन्डन- बेलायत सरकारले आगामी अक्टोबर १ देखि घरायसी विद्युत् महसुलमा

नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं– नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको

नामिबियाविरुद्ध नेपालको खराब प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

बिलखबन्दमा रवि : महाधिवेशनको २५ दिन बित्दा पनि टुंग्याउन सकेनन् केन्द्रीय सदस्य र पदाधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन सकिएको २५ दिन बितिसकेको

संवैधानिक संकट आए मात्र सरकारमा सहभागी हुन्छौँ : लेखनाथ दाहाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश