निर्वाचन आयोगमा दर्ता भयो नेकपा (एमाले) | Khabarhub Khabarhub

निर्वाचन आयोगमा दर्ता भयो नेकपा (एमाले)


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता भएको छ । नेकपाभित्र विवाद उत्पन्न भइरहेका बेला दल दर्ताको निवेदन परेसँगै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन दल दर्ता गर्न खोजेको भन्दै शीर्ष नेताहरुले विरोध जनाएका थिए ।

दलले गत असारमा सन्ध्या तिवारी अध्यक्ष रहने गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त दर्तापछि नेकपाभित्र थप विवाद उत्पन्न भएको थियो ।

निर्वाचन आयोगले उक्त नामको पार्टीलाई वैधता दिएको हो ।

नेकपाका अध्यक्ष प्रचण्डले यो पार्टी अर्का अध्यक्ष केपी शर्मा ओलीको इशारामा दर्ता हुन लागेको बताएका थिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ता गर्ने निर्णय भएको जानकारी दिए । पार्टीका तर्फबाट निर्वाचन आयोगमा बुझाइएका कागजपत्रका आधारमा हस्ताक्षर प्रमाणित भएपछि आयोगले दल दर्ता गर्ने निर्णय गरेको हो ।

नवगठित पार्टी नेपालको १३२ औं पार्टी बनेको छ । उक्त दलमा अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : २७ बजे

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ

मुग्लिन-पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम 

तनहुँ– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्डमा ५३ प्रतिशत काम