पोखरामा जीपको ठक्करबाट दुई प्रहरीको मृत्यु « Khabarhub

पोखरामा जीपको ठक्करबाट दुई प्रहरीको मृत्यु


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको ज्यान गएको छ ।

ग१ब ३६९ नम्बरको मोटरसाइकलबाट गस्ती गरिरहेका प्रहरीलाई ग २ च २६२६ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको भने उपचारको क्रममा मृत्यु भएको छ ।

उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । जीप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ५७ बजे

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगोमाथि विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने