निषेधाज्ञासँगै रगतको अभाव « Khabarhub

निषेधाज्ञासँगै रगतको अभाव


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – निषेधाज्ञासँगै चितवनमा रगतको अभाव देखिएको छ ।

भरतपुर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ वटा सानाठूला अस्पताल रहेको चितवनमा रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ ।

कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत पर्याप्त मात्रामा पाउन कठिन भएको हो ।

पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसका कारण रक्तदाता इच्छा हुँदाहुदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए ।

यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुँदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएको उनले  बताए ।

पौडेलका अनुसार जिल्लाका अस्पतालमा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ । कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो ।

अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ७ : २६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको