अरुलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रधानमन्त्री « Khabarhub

अरुलाई दोष दिएर पन्छिने अवस्था छैन : प्रधानमन्त्री


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सवैले दत्तचित्त भएर आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताएका छन् ।

समृद्धिका लागि आवश्यक वातावरण तयार भएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धिको अभियानलाई अघि बढाउन आवश्यकता अनुसार संविधान, कानून परिमार्जन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सोमबार नेपाल उद्योग परिसंघको १६ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले विगतका गलत अभ्यास र परम्परालाई त्यागेर मुलुकलाई समृद्ध बनाउने अभियानमा सक्रियताका साथ लागि पर्न पनि निजी क्षेत्रलाई आह्वान गरे ।

उनले विकासका लागि अब अरुलाई दोष दिएर पन्छिने अवस्था सरकार–निजी क्षेत्र कसैलाई पनि नरहेको स्पष्ट पारे ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकलाई समृद्ध बनाउन सरकार एक्लैको प्रयासले मात्रै नहुने बताए । उनले सरकारले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको योगदानमाथि विशेष जोड दिएको पनि स्पष्ट पारे ।

लगानी सम्मेलनपछि मुलुकलाई समृद्ध बनाउने आधार झनै बलियो भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि आवश्यक सबै खालको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले मुलुकको विकासका लागि निजी क्षेत्रकाे भूमिका उल्लेखनीय रहेकाे बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ४ : ३२ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१