ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ | Khabarhub Khabarhub

ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार ठगी अभियोगमा पक्राउ परेका छन् ।

ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्याननलाई मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि भन्दै आर्थिक सहयोग उठाउने क्रममा ठगी गरेको अभियोग लागेको छ ।

ब्यानन र अरु तीनजना न्यूयोर्कको म्यानहटनबाट पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनीहरुमाथि वी विल्ड द वाल अभियान अन्तर्गत संकलन भएको सयौँ हजार डोनरले दिएको रकम अनियमित गरेको आरोप छ ।

सो अभियानले २५ मिलियन अमेरिकी डलर संकलन गरेको अमेरिकाको न्याय विभागले जनाएको छ। संकलन भएको रकम मध्ये ब्याननले १० लाख भन्दा बढी डलर लिएको र सो रकम उनले व्यक्तिगत प्रयोजनका लागि खर्च गरेको आरोप छ ।

रकम उठाउने बेला कुनै पनि रकम व्यक्तिगत रुपमा प्रयोग नगर्ने बताएका थिए। ब्याननले अदालतमा आफू दोषी नरहेको भन्दै अपिल दर्ता गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ०२ बजे

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६