दुबई विमानस्थलमा अलपत्र २६२ नेपालीका लागि आइतबार उडान हुने « Khabarhub

दुबई विमानस्थलमा अलपत्र २६२ नेपालीका लागि आइतबार उडान हुने



दोहा : यूएईको दुबई विमानस्थल पुगेर अन्तिम समयमा उडान रद्द भएर अलपत्र परेका नेपालीहरुको लागि अगष्ट २३ तारिख अर्थात आइतबार बिहान उडान हुने भएको छ ।

उडान रद्द भएपछि गत अगस्ट १८ तारिख स्वदेश फर्किन नपाएका २६२ जना नेपालीहरुलाई नेपाल एअरलाइन्सको उडानमाफर्त नेपाल पठाउन लागिएको एनआरएनए यूएईका उपाध्यक्ष पासाङ शेर्पाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका अनुसार २६३ जना यात्रुहरुले अगस्ट २३ तारिख हुने बिहानको उडानका लागि आ-आफ्नो टिकटको मिति परिवर्तन गराउन आज नै नेपाल एअरलाइन्सको अफिसमा जना समेत सबैलाई अनुरोध गरेका छन् ।

साथै उनले फेरि कोरोना परिक्षण गर्नु पर्ने भएकाले यसअघि आरडीटी वा पीसीआर टेस्टको समयावधि सकिएको भन्दै आज र भोलि भित्र पुन: आरडीटी टेस्टको लागी अल शबाब अल अहली क्लवमा वा पीसीआर टेस्ट गर्नसमेत उनले आग्रह गरेका छन् ।

नेपालमा पछिल्लो समयमा बढ्दो कोरोना संक्रमणको अवस्था, विभिन्न स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने बढ्दो क्रम र होटल क्वारेन्टिनका लागि होटल व्यवस्थापन नभएकाले सबै चार्टर्ड उडान रद्द भएपछि उडानको लागि दुबई विमानस्थल पुगेका २६२ जना नेपालीहरु अलपत्र परेका थिए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : २८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल