अवैधानिक रुपमा साउदी बसेका १२० नेपालीले पाए बहिर्गमन भिसा | Khabarhub Khabarhub

अवैधानिक रुपमा साउदी बसेका १२० नेपालीले पाए बहिर्गमन भिसा



दोहा : साउदीमा १२० जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप १२० जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ४९८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् । बहिर्गमन भीसा जारी भएकाहरुले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

साथै, बहिर्गमन भीसाका लागि आवेदन दिन बांकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ३१ बजे

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको