नदीमा दुई जना बेपत्ता « Khabarhub

नदीमा दुई जना बेपत्ता


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कटु र मोबाइल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो अन्दाजी १ः०० बजे उक्त घटना घटेको हो ।

त्यस्तै बिहीबार लमजुङको राईनस नगरपालिका—७ बाङ्ग्रेचोरको ओख्ले सागो नजिक चेपे नदीमा बाटोमा हिड्ने क्रममा अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्दै आएका २१ वर्षीय अनिल खड्का चिप्लिन गई चेपे नदीले बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता दुवै जनाको खोजतलास भैरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ३६ बजे

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य